भारतको राष्ट्रपतिमा आदिवासी समुदायकी नेतृ द्रौपदी मुर्मू निर्वाचित

भारतमा आदिवासी नेतृ द्रौपदी मुर्मू राष्ट्रपति निर्वाचित भएकी छन् । योसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्ति बनेकी छन् । ६४ वर्षीया मुर्मूको जन्म उडिसा राज्यमा भएको हो।

उनी सन्थाल समुदायकी हुन् । राष्ट्रपति पदका लागि गत सोमबार मतदान भएको थियो। त्यसको बिहीबार साँझसम्म सार्वजनिक गरिएको तेस्रो चरणसम्मको नतिजा अनुसार उनी राष्ट्रपति चयन भएकाी बीबीसी हिन्दीले जनाएको छ। पचास प्रतिशतभन्दा बढी मत ल्याएपछि राष्ट्रपति बन्ने निश्चित हुन्छ। बिहीबार साँझसम्मको मतगणनामा उनले जित सुनिश्चित हुने मत पाइसकेकी छन् ।

मतगणनाको अन्तिम नतिजा आउन बाँकी छ भने उनले आगामी सोमबार पद तथा गोपनीयताको शपथ लिने बताइएको छ । राष्ट्रपति चयन प्रक्रियामा सङ्घीय संसद्का दुवै सदन र राज्य तथा केन्द्रप्रशासित भूभागका व्यवस्थापिका संसद्का सदस्यहरूले मतदान गरेका थिए । उनलाई सत्तारूढ भारतीय जनता पार्टी भाजपाले उम्मेदवार बनाएको थियो।

मुर्मू यसअघि उनी झारखण्डकी राज्यपाल थिइन् । मुर्मू रामनाथ कोविन्दको उत्तराधिकारी हुनेछिन्। कोविन्दको कार्यकाल जुलाई २४ मा सकिन लागेको छ । उनी भारतको राष्ट्राध्यक्ष बन्ने दोस्री महिला हुन्।

सन् २००७ जुलाईदेखि २०१२ सम्म राष्ट्रपति बनेकी प्रतिभा पाटिल भारतकी प्रथम महिला राष्ट्रपति हुन् । राष्ट्रप्रमुख चयनको प्रतिस्पर्धामा मुर्मूले विपक्षी उम्मेदवारका रूपमा रहेका अनुभवी नेता तथा यशवन्त सिन्हालाई पराजित गरेकी हुन् ।

सिन्हाले मुर्मूलाई जितका लागि बधाई दिएका छन् । सिन्हा पहिला भाजपामै थिए। सन् १९९० को दशकमा सन् २००० को दशकको सुरुतिर प्रधानमन्त्री अटलबिहारी वाजपेयीको नेतृत्वमा रहेको भाजपा सरकारमा सिन्हा वरिष्ठ मन्त्री थिए । अहिले भाजपा र मोदीका प्रखर आलोचकका रूपमा सिन्हा चिनिन्छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: