टोकियो नेपथ्य कन्सर्टको १५ सय टिकट अनलाईन विक्रिको किर्तिमान

टोकियो । नेपथ्य व्याण्डको लाईभ कन्सर्टको दिन आउन यो समाचार तयार पार्दै गर्दा दिन गन्तीले केवल १५ दिन बाँकी छ । तर यहि १५ दिन बाँकी रहँदा नेपथ्य कन्सर्ट मार्फत जापानको नेपाली समुदायमा अनलाइन मार्फत सांगितिक कन्सर्टको टिकट विक्रिको सुरुवात गरेको आयोजकले किर्तिमानी संख्यामा टिकट विक्रि गरेको छ ।

अगष्ट ८ तारिख मंगलबार टोकियोमा कन्सर्ट आयोजना गर्न नेपथ्य व्याण्ड मानवताको लागि संगीतको धुन लिएर टोकियो ओर्लंदैछ । जुलाई २५ तारिख साँझसम्म हाम्रो अनलाईनबाट १५ सय वटा भन्दा बढि टिकट विक्रि भइसकेको छ कन्सर्ट आयोजक भिजोनिया कम्पनीका प्रमुख सुभास लामिछाने भन्छन् सोचेको भन्दा धेरै प्रयोगकर्ता र रेस्पोन्स पाउँदा हामी खुशीसँगै उत्साहित छौं, अब टिकट किन्न टाढा धाइरहनुपर्ने अवस्था अन्त्य गरेर चाहेको समयमा अनलाइनमै किन्ने व्यवस्था गरेकाले धेरै जनाले सहज भएको बताउनुभएको छ ।

प्रविधि प्रयोगमा बानि नबसेका व्यक्तिहरुका लागि केहि प्रक्रियामा असहजता भए जुनसुकै समयमा फोन सम्पर्क गरेर सहजिकरण व्यवस्था समेत मिलाइएको लामिछाने बताउँछन् । हाम्रो टिकट अनलाईनमा मात्र १५ सय विक्रि भएको हो हामीले टिकट नै प्रिन्ट गरेर ओकुबोको काठमाडौं लाउञ्ज नेवा डाईनिंग र शिबुयामा रहेको लोकल शिबुया रेष्टुरेण्टमा पनि उपलब्ध गराएका छौं । दुई ठाउँमा गरेर करिव ४ सय टिकट विक्रि भइसकेको जानकारी आएको छ । यस हिसाबले अब हामीसँग करिव १ हजार टिकट मात्र बाँकी छ ।

टोकियो तोयोसुमा रहेको तोयोसु पिटको कन्सर्ट हुने भव्य हलको क्षमता ३५ सय जना रहेको छ । कन्सर्ट आयोजनाको दिन नजिकिंदै गर्दा टिकट किन्ने व्यक्तिहरुको संख्या बढ्दै गएको लामिछाने बताउँछन् । हिजो आज दैनिक कम्तिमा ५० वटा फोन ईन्क्वायरीहरु आइरहेको छ, हामीले सक्नेलाई अनलाईनमा किन्न र गाह्रो भएर सहयोग लिन र नजिकै रहनुभएकाहरुलाई लोकल शिबुया र काठमाडौं डाइनिंग रेष्टुरेण्टमा गएर टिकट लिन भनेका छौं ।

लामिछानेका अनुसार हलको क्षमता भन्दा एउटा पनि बढि टिकट विक्रि गर्न नपाउने भएका कारण ५ तारिखसम्म मात्र अनलाईन तथा तोकिएको ठाउँबाट टिकट विक्रि हुने छ, त्यस पश्चात टिकट बाँकी रहेमा पहिले खरिद गर्न चाहनेलाई पहिलो प्राथमिकतामा उपलब्ध गराउनेगरि व्यवस्था मिलाइएको छ ।

कन्सर्ट हाउसफुल हुने कुरामा कुनै शंका छैन, टिकट विक्रि कति दिन अघि सकिन्छ भनेर हामीले दिनकै टिकट विक्रि संख्या चेक गरिरहेका छौं, त्यसैले कन्सर्टमा आउन चाहने सबैलाई समयमै टिकट लिन अनुरोध गर्छौं टोकियोवासीहरुका लागि नेपथ्य लाईभ कन्सर्टको आयोजना गरेका युवा व्यवसायी सुभास लामिछानेले अनुरोध समेत गरे ।

कन्सर्ट व्यवस्थापनको टिकेटिगं तथा सिस्टम म्यानेजमेन्ट डेस्टिनि क्रियशन जापानले गरिरहेको छ । अनलाईनको माध्यमबाट टिकट खरिद गर्दा हाल सामान्य तर्फ ६,००० येन शुल्क तोकिएको छ ।
यस बाहेक भिआईपी टिकटको रुपमा नेपथ्य व्याण्डको टिसर्ट र नेपालको झण्डा सहित १०,००० येनको छुट्टै टिकट रहेको छ ।

विशेषगरि टोकियो बाहिर रहेका तथा सबै विवरण उपलब्ध गराएर कन्सर्ट हुने दिननै हलमा टिकट लिन चाहनेका लागि भने ७,००० येन शुल्क तोकिएको छ ।
नेपथ्य व्याण्डको टोकियो कन्सर्ट टिकट अनलाइनमा खरिद गर्न चाहने व्यक्तिहरुले यस लिंकमा क्लिक गरेर प्रक्रिया अघि बढाउन सक्नेछन् । अनलाइनमा टिकट खरिद प्रक्रियामा कुनै समस्या वा जानकारी चाहिएमा कार्यालय समयमा ०३ ४३६१ ५३०३ वा ०८० ६३५४ ३४९४, ०८० ४१३३ ६१०५, ०८० ३७५३ ५७९७, ०९० ९८४३ ७८९७ र ०८० ६७७९ ७७७० मा सम्पर्क गर्न सकिने डेस्टिनि क्रियशनका असिम बस्नेतले जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया