
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम ठहर गर्दै यो कदमकाविरुद्ध उभिन लोकतन्त्र पक्षधरलाई अपील गरेको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले अग्रगमनका पक्षमा उभिन अपील गरेको हो । बैठकले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, निरंकुश र प्रतिगामी कदम भएको ठहर गरेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया