नेपालका जेलमा १२८३ विदेशी

नेपालका ७४ वटा कारागारमा कूल कैदीबन्दीको संख्या २५ हजार ६ सय ७६ छ। जसमध्ये एक हजार दुई सय ८३ जना विदेशी नागरिक छन्। विदेशी नागरिक भने ३१ वटा कारागारमा राखिएका छन्।

विदेशी कैदीबन्दीको संख्याअनुसार सबैभन्दा धेरै लागूऔषध कारोबारमा संलग्न देखिन्छन्। प्रहरी मुख्यालयका अनुसार कूल विदेशी कैदीबन्दीमध्ये एक हजार ४७ जना भारतीय नागरिक छन्। अधिकांश लागूऔषध ओसारपसार तथा बिक्रीवितरणमा संलग्न हुन्। भारतीयसँगै नेपाली कारागारमा भुटान, बंगलादेश, चीन, रोमानिया, जर्मन, पाकिस्तान, इटाली, अफ्रिका, नेदरल्याण्ड, नाइजेरिया, साइबेरिया, भियतनाम, जापान, अष्ट्रिया, फिलिपिन्स, मोजाम्बिक, अमेरिका, थाइल्याण्ड, पोल्याण्ड, ब्राजिल, क्यानडा, स्वीट्जरल्याण्ड, आइभोरीकोष्ट, तान्जेनिया, फ्रान्स, सेरालियोन, गिनिया, लाइबेरिया, गाम्बिया र इरानका छन्।

प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक ९डीआईजी० शैलेश थापा क्षेत्रीका अनुसार हाल कारागारमा रहेका भारतीय नागरिक सुनतस्करी, अपहरण, लागूऔषध कारोबार, चोरी, डकैती, जबर्जस्तीकरणी लगायतका अभियोगमा छन्। भियतनाम, फिलिपिन्स, नाइजेरिया, जापान, थाइल्याण्ड, पोल्याण्डका कैदीबन्दी भने लागूऔषध ओसारपसारमा अभियोगमा जेल परेका कैदीबन्दी हुन्। क्षेत्रीका अनुसार जर्मन, क्यानडा, नेदरल्याण्ड, फ्रान्स र बेलायती नागरिक भने बालयौन दुराचारको अभियोगमा जेलमा छन्। मुख्यालयका अनुसार भुटानी नागरिक भने अवैध रूपमा नेपाल प्रवेश गरेको, सुनचाँदी तस्करी, डकैतीलगायत अभियोगमा जेलमा छन्। यसैगरी आइभेरीकोष्ट र ब्राजिलका नागरिक भने लागूऔषध कोकिन तस्करीको अभियोगमा जेलमा छन्।

क्षेत्रीका अनुसार २०७५र७६ को अपराध आँकडा हेर्दा नेपालमा हुने गरेका अधिकांश अपराधमा विदेशी नागरिक संलग्न रहेको देखिन्छ। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, संगठित तथा आर्थिक अपराध ९जुवा, खोटाचलन, लागूऔषध, सरकारी छाप दस्तखत किर्ते, अपहरण, कालोबजारी, ठगी र सामाजिक अपराध (नागरिकता, कुटपिट अंगभंग, धर्म परिवर्तन, सार्वजनिक शान्तिविरुद्ध, केही सार्वजनिक अपराध० मा विदेशी नागरिकको संलग्नता देखिन्छ। महिला तथा बालबालिकासम्बन्धी अपराध (मानव बेचबिखन, बहुविवाह, जबर्जस्तीकरणी, अप्राकृतिक मैथुन), सवारी ज्यान, बिष्फोटक पदार्थ, बैंकिङ कसुर र बालयौनदुर्व्यवहारमा विदेशी नागरिकको संलग्नता देखिन्छ।

प्रहरीले यस आर्थिक वर्षमा कर्तव्य ज्यान मुद्दामा १२ जना, ज्यान मार्ने उद्योगमा २६ जना, गर्भपतनमा दुई जना, डाँकाचोरीमा एक सय एक, जुवामा १५, खोटाचलनमा सात, ठगीमा ५९, लागूऔषधमा एक सय ८०, कालोबजारीमा दुई, संगठित तथा आर्थिक अपराधमा संलग्न तीन सय पाँच जना, सामाजिक अपराधमा संलग्न तीन सय पाँच जना, महिला तथा बालबालिकासम्बन्धी अपराधमा ६७ जना, सवारीसम्बन्धी २९, विष्फोटक पदार्थमा तीन, बैंकिङ कसुरमा एक, बाल यौन दुराचारमा सात र विविध अपराधमा संलग्न दुई जनालाई पक्राउ गरिएको जानकारी प्रवक्ता क्षेत्रीले दिए।

कारागार व्यवस्थापन विभागको तथ्यांक हेर्दा भारतपछि भुटानी ९३, बंगलादेशी २३, चीनका ३४, रोमानियाका दुई, जर्मनको एक, पाकिस्तानका ३२, इटलीका एक, अफ्रिकाका पाँच, नेदरल्याण्ड, गाम्बिया र इरानका एकरएक, नाइजेरियाका आठ, लाइबेरिया दुई, भियतनामका दुई, जापानका दुई, सिरोलोनका तीन, अष्ट्रिया, फिलिपिन्स, मजोम्बिक, स्वीट्जरल्याण्ड, आइभोरिकोष्ट, गिनिया र मालिका एकरएक, अमेरिकाका तीन, थाइल्याण्डका दुई, पोल्याण्डका दुई, तान्जेनियाका पाँच कैदीबन्दी छन्।

‘भौगोलिक हिसाबमा तीनतिर भारत र एकतिर चीनले घेरिएका छौं। खुला सीमाले पनि अपराधी एकअर्को मुलुकमा छिर्छन्’, उनले भने, ‘नेपालमा अपराध गर्ने सम्बन्धित देशका नागरिकलाई कानुनी दायरमा ल्याएका छौं।’ उनका अनुसार विशेषगरी भारतीय अपराधीले नेपाली भूमि बढी प्रयोग गर्ने गरेको देखिन्छ। उनले विदेशी नागरिकले नेपाललाई अपराधको क्रिडास्थल बनाएको अर्थमा नबुझ्न आग्रह गरे। हाल जेलमा रहेका कैदीबन्दीमध्ये धेरै भारतीय नागरिक छन्। एक हजार दुई सय ५५ मध्ये एक हजार ४७ जना कैदीबन्दी भारतीय छन्। अन्नपूर्ण पोष्टमा खबर छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया