कोरोना भाइरसका कारण इटलीका एक दर्जन शहर बन्द

बीबीसी । युरोपमै सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमितहरू भेटिएपछि इटलीले यसको प्रकोप नियन्त्रण गर्न ‘असाधारण उपाय’ अपनाउने भएको छ।

कोभिड–१९ का बिरामीहरूको सङ्ख्या ७९ पुगेपछि शनिवार राती प्रधानमन्त्री जुजेपे कोन्टेले आपत्‌कालीन योजना घोषणा गरेका हुन्।

सो घोषणा दुईजना इटालीयन नागरिकहरूको कोभिड–१९ का कारण मृत्यु भएपछि भएको हो।

योजना अन्तर्गत उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका एक दर्जन सहरहरूलाई क्वारन्टीनको अवस्थामा राखिएको छ।

ती सहरहरूका झन्डै ५०,००० मानिसहरूलाई घरभित्रै रहन भनिएको छ।

प्रधानमन्त्री कोन्टेले सो सहरहरूमा प्रवेश गर्न वा त्यहाँबाट निस्कन विशेष अनुमतिविना निधेष गरिएको छ।

त्यहाँ सबै विद्यालय र खेलकुद गतिविधिहरू निलम्बन गरिएको छ।

आइतबार त्यहाँ सीरी ए का केही फुटबल खेल हुने तालिका थियो।

प्रहरी र आवश्यक परे सशस्त्र प्रहरी ती नियमहरू पालना गराउन परिचालित गरिने बताइएको छ।

इटलीका अधिकारीहरूले कोरोनाभाइरस फैलिएको र यस्ता उपायविना नियन्त्रण गर्न नसकिने बताएका छन्।

ूयो भाइरस सर्ने सम्भावना निकै धेरै छ,ू लाम्बार्डीका स्वास्थ्य प्रमुखले बताए।

फेसबुकबाट तपाइको प्रतिक्रिया