
काठमाडौं । सरकारले जारी लकडाउनलाई झनै कडाइ गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले एक स्थानीय तहबाट अर्को, एउटा जिल्लाबाट अर्को र एउटा प्रदेशबाट अर्को प्रदेशमा अत्यावश्यक कामबाहेक जान नपाइने निर्णय गरेको छ ।
त्यसको कार्यान्वयनको लागि सरकारले प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ । त्यस्तै सरकारले स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री दिएर काममा खटाउने निर्णय गरेको छ । सरकारले कोरोना भाइरस टेस्ट धेरै भन्दा धेरै गर्ने निर्णय पनि गरेको छ । कोरोना जोखिम न्यूनीकरणलाई थप प्रभावकारी बनाउन भन्दै सरकारले तीन जिल्लामा र्यापिड टेष्टको प्रक्रिया अघि बढाउने भएको छ ।
प्रवक्ता डा.युवराज खतिवडाले कैलाली, कञ्चनपुर र बागलुङमा पिसिआर प्रविधिबाट चाँडो हुनेगरि परीक्षण गर्ने जानकारी दिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया