गुल्मीकै अर्का एक कोरोना संक्रमितको मृत्यु, २३ पुगे मृतक

काठमाडौं- गुल्मीका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। छत्रकोट गाउँपालिका वडा नम्बर ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनको असार ५ गते घरमा नै मृत्यु भएको थियो। मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए।

जेठ २५ गते उनी भारतमा उपचार गराएर नेपाल फर्किएका थिए। उनी प्यारालाइसिसका बिरामी भएको मन्त्रालयले जानकारी दिएको छ।

असार ६ गते नेपाली सेनाको टोलीले उनको शवको अन्तिम संस्कार गरेको बताइएको छ।

यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ। यसअघि पनि गुल्मीमा नै २ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया