
ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुर महानगरपालिका रिङरोडभित्र शुक्रबार कर्फ्यू आदेश जारी गरेको छ । ललितपुर प्रशासनका सूचना अधिकारी ललितकुमार बस्नेतलेबिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको जानकारी दिएका छन् ।
उनका अनुसार कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यू जारी गरिएको हो । बिहीबार दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्न स्थानीयको भीड निस्केपछि झडप भएपछि साँझ सुरक्षा अधिकारीहरूको बैठक बसेको थियो। बैठकले यस्तो निर्णय गरेको बस्नेतले बताए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया