
काठमाडौं । कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा दीपक भण्डारी नियुक्त भएका छन् । आइतबार बालुवटारमा बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई नार्कको कार्यकारी निर्देशकमाा नियुक्त गर्ने निर्णय गरेको महिला बालबालिकामन्त्री पार्वत गुरुङले जानकारी दिए । भण्डारी यसअघि नार्ककै निमित्त कार्यकारीको पदमा थिए ।
६ महिनाभन्दा बढी कायममुकायम हुन नसक्ने भएकाले सरकारले भण्डारीलाई नै कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । त्यस्तै बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौतामा गर्न इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यलाई अख्तियारी दिएको छ ।
बैठकमा कुनै बिशेष एजेण्डामा छलफल नभएको मन्त्री गुरुङले जानकारी दिए । मन्त्रिपरिषद् अघि आइतबार नै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । मन्त्रिपरिषद् पुनर्गठनबारे ओली–प्रचण्डबीच केही दिनयता लगातार छलफल हुँदै आएको छ।
फेसबुकबाट तपाइको प्रतिक्रिया