दार्चुलाको घाँटीबगड–छाङरु गोरेटो घोडेटो बाटो निर्माण सम्पन्न

काठमाडौं । नेपाली सेनाले दार्चुलाको घाँटीबगड–छाङरु गोरेटो घोडेटो बाटो निर्माण कार्य ८५ दिनमा सम्पन्न गरी स्थानीय सरकारलाई सोमबार हस्तान्तरण गरेको छ ।

बिगत तीन वर्षदेखि अवरुद्ध रहेको उक्त बाटो नेपाली सेनाको टोलीले जेठ २६ गतेबाट निर्माण कार्य शुरु गरेको थियो । यो बाटो कुल ५५० मिटर लम्बाइ र २ मिटर चौडा रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया