आठ महिनादेखि बन्द सीमा नाका खुला गर्न माग गर्दै दशगजा क्षेत्रमा धर्ना

सर्लाही । नेपाल भारत सीमा नाका बिगत ८ महिनादेखि बन्द भएपछि आफूहरुलाई समस्या भएको भन्दै सर्लाहीका स्थानीय चरणबद्व आन्दोलन घोषणासहित सर्लाहीको मलंगवाको दशगजा क्षेत्रमा धर्नामा बसेका छन् ।

सर्वपक्षिय जिल्ला संर्घष समिति सर्लाहीले कालाबजारी, तस्करी, चोरी निकासी बढ्दै गएको र यसको मारमा जनता परेको भन्दै सीमा खुलाउनुपर्ने मागसहित धर्नामा बसेका हुन् ।

सर्लाही जिल्लाबाट निर्वाचित स्थानीय तहका मेयर उपमेयर लगायत पदाधिकारीहरूको बैठकले नाका खुलाउन सीमा नाकामा धर्ना र बिरोधका कार्यक्रमहरू गर्ने निर्णय गरेको र सोही अनुसार मंगलबार धर्ना दिएको र बुधबार पनि सीमाक्षेत्रमा धर्ना दिइने समितिले जनाएको छ ।
सरकारले आफूहरुको माग पुरा नगरे थप आन्दोलन गर्ने चेतावनी समितिले दिएको छ । यसअघि सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सीमा बन्द गरेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया