नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण

काठमाडौं ।नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।विहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशनको अवज्ञा किन गरेको रु भन्दै २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री रहेका एमाले नेताहरु प्रकाशबहादुर शाह, समाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन माया भट्टलाई प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो ।यसअघि एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीबाट फिर्ता आउन नेताहरुलाई निर्देशन दिएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया