टोकियो । जापान सरकारले यसअघि जारी गरेको सिओईको म्याद बढाएको छ । कोभिड १९ महामारीको कारण जापान सरकार बिदेश मन्त्रालयले नयाँ सूचना अनुसार सन् २०२० जनवरी १ बाट सन् २०२१ अक्टोबर ३१ तारिखसम्म जारी गरिएको सिओईको म्याद सन् २०२२ को अप्रिल ३० तारिखसम्म बैध हुने जनाएको छ ।
बिदेश मन्त्रालयको आफ्नो वेवसाईट मार्फत जारी गरेको नयाँ सूचना अनुसा सिओईमा जुनसुकै म्याद उल्लेख भएपनि सन् २०२० जनवरी १ देखी अक्टोबर ३१ सम्म सिओईको म्याद उल्लेख भएकाहरुले सन् २०२२ अफ्रिल ३० सम्म भिषा आवेदन दिन पाउनेछन् ।
यसैगरि सन् २०२१ को नोभेम्वर १ तारिखबाट सन् २०२२ अप्रिल ३० तारिखसम्म जारी गरिएको तथा जारी हुने सिओईको म्याद ६ महिना हुने भएको छ ।
यस बिचमा पनि सिओईमा बैध हुने मिति ३ महिना उल्लेख भएपनि सबै सिओईको म्याद जारी भएको मितिले ६ महिना हुने जापानको बिदेश मन्त्रालयले जनाएको छ ।
कोभिड महामारीको जोखिम यथावत र नवप्रवेशिहरुको प्रवेश अवरुद्ध रहँदा जापानले जारी गरेको सिओईको म्याद बढाएको हो ।
जापान सरकारले यसअघि जारी गरेको सूचना अनुसार डिसेम्बर ३१ तारिखसम्म नयाँ भिषा बाहकको जापान प्रवेश बन्द गरिएको छ । तर डिसेम्बर ३१ तारिखपछि नव प्रवेशिहरुले प्रवेश पाउने हुन् वा होईनन् भन्ने बारेमा जापानले कूनै आधिकारिक निर्णय गरेको छैन ।
फेसबुकबाट तपाइको प्रतिक्रिया