जनताको म्यान्डेटविपरीत दल विभाजन गर्न अध्यादेश : राजपा

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले जनताको म्यान्डेटविपरीत दल विभाजन गर्न अध्यादेश ल्याइएको भन्दै आक्रोस पोखेको छ । साथै उसले एक ढिक्का भएर कोरोनालगायत महामारीविरुद्ध लड्न पनि पार्टी पंक्तिलाई आग्रह गरेको छ ।

सरकारले अध्यादेशमार्फत राजनीतिक दल त्यागसम्बन्धी कानून संशोधन गराएको भोलिपल्ट राजपाले विज्ञप्ति जारी गर्दै अध्यादेशबारे औपचारिक धारणा सार्वजनिक गरेको हो । राजपा संयोजक शरतसिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा जनताले दिएको म्यान्डेटविपरीत दलसम्बन्धी कानून संशोधन गरेर राजनीति र देशको स्थायित्वप्रति बेइमानी गरिएको उल्लेख छ । विश्व नै कोरोना भाइरसको महामारीबाट थलिएको बेला गरिएको असमायिक र संवेदनहीन निर्णयले समग्र राजनीति नै कलंकित भएको छ,’ राजपा संयोजक भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

दल विभाजनसम्बन्धी कानूनमा गरिएको संशोधनको शिकार राजपा बन्न सक्ने आकलन भइरहेका छन् । तर, राजपाले दल विभाजनसम्बन्धी कानूनमा गरिएको संशोधनले आफ्नो पार्टीलाई कुनै असर नपार्ने प्रष्ट पारेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया