ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेः अध्यक्ष नेपाल

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेको आरोप लगाएका छन् ।.

सोमबार काठमाडौँमा आयोजित नागरिक भेलामा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन चाहेको आरोप लगाएका हुन् । कम्युनिष्ट आन्दोलनप्रति ओलीको निष्ठा नभएको भन्दै नेपालले पार्टी संगठनलाई भाताभुंग पार्न चाहेको बताए ।

अध्यक्ष नेपालले सोमबार नै निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफूहरुलाई दिन आग्रह गरेको पनि बताए । उनले बहुमत केन्द्रीय कमिटी सदस्य आफूतिर भएको र बहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने व्यवस्था भएकोले कुनै एक व्यक्तिको सुर र तालमा पार्टी नचली विधानसम्मत् चल्ने जानकारी दिएको बताए ।

उनले निर्वाचन आयोगलाई नेकपाको विधान र निर्वाचन सम्बन्धी कानुन हेरेर निर्णय गर्न आग्रह गरेको जानकारी दिए । देशलाई लोकतन्त्र र स्थायित्वको बाटोमा लैजान सबै परिवर्तनकर्मी शक्तिहरुबीच तालमेल गर्दै अघि बढ्नुपर्ने बेला आएको उनको भनाई थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया