जापानमा कोरोना भाइरस संक्रमण बढ्दो,टोकियोमा आज ११८ जनामा पुष्टि

टोकियो  । विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ संक्रमण आज शनिबार टोकियोमा ११८ जनामा संक्रमण भेटिएका छ ।

आजसम्म एकैदिन १ सय जना भन्दा बढी प्रमाणित भएको हो नै पहिलो पटक पुष्टि भएको टोकियो महानगरले जनाएके छ । टोकियो महानगरभित्र आजसहित गरेर ८९१ जना स्रक्रमित भेटिएको एनएचकेमा उल्लेख गरेको छ ।  जापानमा कोरोना भाइरस संक्रमण बढ्दोक्रममा रहेको बेला आज जापानभरि २३० जनामा संक्रमण भेटिएको उल्लेख छ ।

योसंगै जापानमा ३ हजार ३ सय ६० जनामा कोरोना संक्रमित देखिएका छन् ।  यसअघि जापानमा एक जना नेपाली महिलामा पनि संक्रमित भेटिएका थियो ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया