टोकियो । जापानमा टोकियोसहित ७ प्रान्तहरुमा कोरोनाभाइरस प्रकोप रोक्नको लागि आपतकालिन अवस्थाको घोषणा गरेका छन् ।
टोकियोबाहेक छिमेकी कानागावा, साइतामा र चिबा, साथै ओसाका, ह्योगो र फुकुओका प्रान्तहरूमा भोली बुधबारदेखि लागू हुने गरी आपतकाल घोषणा गरेका हुन् । यो आपतकाल में ६ सम्म लागू हुने एनएचकेले जनाएको छ ।
प्रधानमन्त्री आबेले मंगलबार प्रधानमन्त्री कार्यालयमा सरकारको कोरोनाइरस टास्क फोर्सको बैठकमा उक्त घोषणा गरेका हुन । यो संकटकाल लागू भएपछि के चल्ने के नचल्ने जानकारीको लागि जीज्ञान कुमार थापा,जापान (श्रोत NHK)
यतायात तर्फ
टोकियो वरपरको ट्रेन र बस र ट्याक्सीहरु सुचारु रुपमा चल्नेछन्।
हवाइजहाज र सिन्कानसेन यात्रुको चापहेरी क्यानसेल पनि हुनेछन।
निजी सवारी तर्फ कुनै रोकतोक लगाइने छैन
नारिता बिमानस्थलको बिल्डिंग लगाएत रनवे सुचारू रहने
ड्राइभिङ लाइसन नविकरण
संक्रमण भएको वा हुनसक्ने सम्भावनाले गर्दा नविकरण गर्न जान नसक्ने अवस्थामा जाँच नदिइ नविकरण गर्ने अवधी तोकिएकोले जानकारीको लागी होमपेज हेर्नुहोला।
औषधी पसलहरु
माचुमोतो कियोसीले कुनै पसल कम समय खोल्ने धेरै जसो पुरा समय खोल्नेछ।
चुरुहा धेरै जसो पसल कम समय खोल्नेछ।
वेलसिया कुनै पसल कम समय खोल्ने धेरै जसो पुरा समय खोल्नेछ।
सानड्रग कुनै पसल कम समय खोल्ने धेरै जसो पुरा समय खोल्नेछ।
सुगी कुनै पसल कम समय खोल्ने धेरै जसो पुरा समय खोल्नेछ।
कोसुमोसु याक्कयोकु कुनै पसल कम समय खोल्ने धेरै जसो पुरा समय खोल्नेछ।
सुपर मार्केट
इयोनले सधैंजसो खओल्नेछ
इतोयोकादो सधैंजसो खओल्नेछ
सेइज्योइसिइ बिल्डिङ खुलेमा त्यहिअनुसार बन्द वा कम समय खोल्ने
समिट ९० प्रतिशत पसलहरु चाडोँ बन्द गर्ने
इनागेया सधैंजसो खओल्ने तर अन्य विल्डिङग भित्र भएकोमा त्यहि अनुसार गरिनेछ
लाइफ सधैंजसो खओल्नेछ
कोपु मिराइ सधैंजसो खओल्नेछ
ओके सधैंजसो खओल्नेछ
कन्बिनि
सेबेन इलाबेन, फ्यामिलि मार्ट, लसन हरु सधैंजसो खओल्नेछ
डिपार्टमेन्टल स्टोरहरु
मिचुकोसि निहोनबासि, गिन्जा, एबिसु ८तारिक बाट अनिस्चितकाल बन्द
इसेतानको सिन्ज्युकु, ताचिकावा,उरावा ८तारिक बाट अनिस्चितकाल बन्द
लगाएत खानेकुरा बेच्ने पहिलो तला वा अन्डरग्राउन्ड तला मात्र खोल्ने हरु पनि छ।
बैंक
ATM ठुला बैंकहरु, टोकियो, कानागावा, चीबा र साइतामामा मुख्यालय भएका बैंकहरु खोलिने
ATM रहेको बिल्डिङग बन्द भएमा सोहि अनुसार बन्द हुने
अनलाइन बैंकिग सुचारु
बैंकको सेवा पनि सुचारु हुने तर सरकारको अनुरोधमा साना शाकाहरु बन्द गर्न सकिने
सञ्चार
मोबाइलको मुख्य ३ प्रदायकले सदा झै सञ्चार सेवा प्रदान गर्ने
ल्यान्डलाइन र इन्टरनेट सेवा प्रदायकले पनि सदाझै सेवा प्रदान गर्ने
ताक्युबिन
यामातो, सागावा, जापान पोष्टले सदाझै सेवा दिने
होइकु, रोजगार
होइकु(किन्डर गार्टेन) हरु अवस्थाहेरेर बन्द वा थोरै मात्रामा सन्चालन
स्वास्थ्य सेवा तथा एकल अविभावक हरुको लागी छुट्टै व्यवस्था गर्ने तयारी
हलोवर्क रोजगारीको लागी परामर्स गर्ने ठाउँमा समय कम गरिने हुदाँ फोन गरेर सोध्न अनुरोध गरिएको
स्वास्थय, हेरचाह
स्वास्थय सेवा मा कुनै रोक नलगाइएकोले, अस्पताल जानै पर्ने मान्छेले जादाँ हुने
तर अनलाइन बाट पनि डाक्टर संग परामर्श गर्न सकिने
दिवा हेरचाह केन्द्र जस्ता बृध्दबृध्दाहरुको सेवामुलक संस्थाको सञ्चालनमा गबर्नरले क्षेत्रिय रुपमा बन्द गर्न सक्ने तर बन्द गराएमा बैकल्पिक बाटो दिनु पर्ने
अरुको साहारा आव्शयक पर्ने वा घरमै गएर सेवा दिनु पर्ने हरुको सेवा बन्द नहुने
स्वास्थ्य वीमा
निहोन सेइमेइ, दाइइची सेइमेइ, मेइजी यासुदा सेइमेइ, सुमितोमो सेइमेइले संक्रमणले अस्पताल भर्ना वा होटेलमा वा घरमा बस्नुपर्ने हरुको लागी सेवा सुचारु गर्ने
अदालत
संकटकाल घोषणा भएको क्षेत्रमा भएका मुद्दा हरुको सुनुवाइ पछी सारिने

फेसबुकबाट तपाइको प्रतिक्रिया