कोरोनाको सन्त्रासमा जापानवासी नेपाली : सावधानीमा जोड् दिऔं ।

लक्ष्मी के.सी महर्जन ।

महामारीको रूपमा विश्वमा फैलिरहेको कोरोनाभाइरस लोभिड-१९ एक संक्रामक रोग हो । यस कोरोनाभाइरस चीनको बुहान शहरमा देखा परेको थियो । हाल यो महामारीको रुपमा बिश्व सबैजसो राष्ट्रहरुमा फैलिसकेको छ । यो आलेख लेखिरहदासम्म १३ लाख ७० हजार भन्दा बढी मानिस संक्रमित,७७ हजार मानिसको मृत्यु भैसकेको छ । भने ३ लाखजति मानिसको सफल उपचार पनी भएको छ । यो महामारीले यतिबेला बिश्व आछुआछू पारेको बेला हामी नेपालीहरु पनि संक्रमित भएको खबर संसारभरबाट रिपोर्टहरु आइरहेका  छन्  । अमेरिकामा मात्रै ५०० भन्दा बढी नेपालीहरु कोरोनाबाट संक्रमित भइसकेका छन् भने, अमेरिकामा यहि घातक कोरोनाले ५ नेपालीको मृत्युको खबर आएको छ । विश्वका विभिन्न मुलुकमा ५० लाख नेपालीहरू पुगे छन । त्यसमध्ये जापान पनी एक हो । यहाँ ९० हजारको हाराहारीमा नेपालीहरू छन । यस प्राणघातकबाट जापानमा अहिलेसम्म १ जनामात्र नेपाली संक्रमित फेला परेका छन् । के यसको अर्थ हामी जापानबासी नेपालीहरुमा कोरोनाको प्रभाव कम परेको हो ? के हामी नेपालीहरु कोरोना भन्दा बलिया छम त ? पक्कै छैनौ । पछिल्लो अवस्थामा जापानमा पनि यो संक्रमण दिनकै बढेको रिपोर्टहरु आइरहेका छन् । जापानमा मात्रै अहिले संक्रमितहरुको संख्या ४ हजार नाघी सक्यो भने मर्नेहरुपनि लगभग १०० जनाको हाराहारीमा पुगे छ । कोरोनाले कसैलाई पछ्यपात नगरी समान रुपमा आफ्नो प्रभाव देखाईरहेको छ ।

अहिलेको अवस्थामा हामीले के गर्ने त ? हो, हरेक बिदेशीको साझा समस्या भन्नुनै कसैको घरको तल्ला थप्नु होला, कसैलाई घडेरी जोड्नु होला, कसैलाई ऋण ब्याज तिर्नु होला त कसैलाई आफ्नो बाल बच्चा राम्रो बिद्यालय, कलेजमा पढाउनु होला । यी यावत कुराहरु हाम्रो प्राथमिकता भए पनि पहिला स्वास्थ्य नै सम्पति हो भन्ने कुरालाई मनन गर्न जरुरि छ ।

हाल प्राय कामहरु बन्द भैरहेका छन् भने अधिकाम्स कामहरु बन्द हुने अवस्थामा छन । त्यसैले हामीहरु काम बन्द भयो, अब के गर्ने कहाँ जाने भनेर बढी चिन्तित र तनाब लिइरहेका छौ । प्राय जसो मानिसहरु घर बस्न थालेको अवस्थामा हामी नेपालीहरु मौकामा चौका भनेसरी यता १२ सय दिएको छ उता १४ सय येन दिएको छ भनेर दौडधुप गरेको देख्दा मेरो मनमा अनेकौ प्रस्नहरु उठ्छन । हो हाम्रो समस्याहरु अनेकन छन्  तर यो मौका छोप्ने समय पक्कै पनि होइन । यदि हामीनै कोरोनाबाट संक्रमित भयौ भने कम्तिमा पनी १४ दिन क्वारेन्टाईनमा बस्नु पर्ने हुन्छ र भोलिको दिनमा आइपर्ने जोखिममा कोहि पनि पछुताउनु नपरोस । यदि कोरोनाकै कारण मृत्युबरण हुन पुग्यौ भने यो कुनै कालगतिले होइन अकालको मृत्यु हुनेछ र यदि यस्तो भइहाल्यो भने हाम्रो पार्थिव शरीरलाई हाम्रा आफन्तजन साथीभाईहरुले छुन त के हेर्न सम्मपनि पाउने छैन । त्यसैले केहि समयको लागि हामीसबैले सावधानी अपनाउनै पर्छ । कामहरु सबै बन्द भएको अवस्थामा घर भाडा,पानी, बिजुली, ग्यास ,मोबाइल आदिको समस्या कसरी टार्ने भन्ने होला तर यो एक या दुइ जनाको समस्या नभई सबै बिदेशीहरुको साझा समस्या हो । जहाँ समस्या त्यहाँ समाधान पनी पक्कै हुन्छ त्यसैले आतिनु र तनाब गर्नु जरुरी छैन । जरुरी सावधानी अपनाई आफु सुरक्षित रहनु हो । यो भाइरसले को ठुलो को सानो को धनी को गरिब छुट्याउदैन। त्यसैले सावधानी अपनाई सुरक्षित रुपमा घरमा बस्नुनै अहिलेको लागि एकमात्र औषधि हो । हाल सम्म यो रोगको कुनै औषधि वा भ्याक्सिन बिकास हुन सकेको छैन । यो कुनै दिर्गकालिन रोग होइन । यसलाई निर्मुल पार्न सारा बिश्व लागि परेका छन् र एक दिन अवश्य सफलता मिल्ने छ ।

हाल जापानमा पनी संक्रमितहरुको संख्या तिब्र रुपमा बढे संगै जापानी प्रधानमन्त्री शिन्जो आबेले जापानको टोकियोसहित ७ वटा प्रान्तमा संकटकालको  घोषणा गरेको छ । आपतकाल (संकटकाल ) भइसकेको हुनाले नआतिकन सयम्ता अपनाई जापान सरकारले निर्देस गरेका कुरालाई पालना गरि आफु र आफन्तजनको सुरक्षाका उपायहरु अबलम्बन गर्न जरुरी छ । यो अवस्थामा स्टे होम नै एक मात्र अचुक औषधि हो  र यसलाई सकेसम्म पालना गरौ र गराऔं ।

लेखक : लक्ष्मी के.सी महर्जन एनआरएनए जापान चिबा   महिला उप-संयोजक हुनुहुन्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया