कोरोनाभाइरस टोकियो अप्डेट: आज बुधवार १४४ जनामा संक्रमण पुष्टि

जापान । टोकियोसहित ७ प्रान्तमा आपतकाल घोषणा गरेको जापानले पहिलो दिन कोरोनाभाइरसको संक्रमण बढेको छ ।  जापानका विभिन्न स्थानहरुमा संक्रमितहरु देखिने क्रम बढेको हो । बुधबार आज टोकियोमा १४४ जना संक्रमण पुष्टि  भएका छन ।

टोकियोमा बुधबार १४४ व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको एनएनके अनलाइनको समाचारमा उल्लेख छ । हिजो मात्र टोकियोमा ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो यही महिनाको ५ तारिक १४३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको थियो । बुधबार १४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसंगै टोकियोमा संक्रमितहरुको संख्या १३३९ पुगेको छ ।

जापानभर कोरोना भाइरस संक्रमित ४ हजार नागेको छ भने १ सय भनदा बढ़ीले ज्यान गुमाइसकेका छन ।  प्रधानमन्त्री शिन्जो आवेले हिजो मंगलबार एक महिनाका लागि जापानका ७ प्रान्तहरूमा आपतकालको घोषणा गरेको थियो  ।

फेसबुकबाट तपाइको प्रतिक्रिया