टोकियो । कोरोना भारस (कोभिड-१९)को संक्रमण संख्या ५ हजार नागेको छ ।
बिहिबारसम्म जापानभर ५ हजार ३ सय पुगेको एनएनके अनलाइनको समाचारमा उल्लेख छ । आज टोकियोमा एकैदिन १८१ जनामा कोरोना भारसको संक्रमण पुष्टि भएको छ ।
बुधबार १४४ जनाको संक्रमण पुष्टि भएको थियो । जापान सरकारले कोरोना संक्रमण कम गर्ने उद्धेश्यले आपतकाल घोषणा गरेको दोश्रो दिन हालसम्मकै धेरै संक्रमितहरु पुष्टि भएको हो । टोकियोसहित ७ प्रान्तमा आपतकाल घोषणा गरेको जापानले दोस्रो दिन कोरोनाभाइरसको संक्रमण बढेको छ । जापानका विभिन्न स्थानहरुमा संक्रमितहरु देखिने क्रम बढेको हो ।
जापानभर कोरोना भाइरस संक्रमित ५ हजार ३ सय पुगेको छ भने १ सय १७ जनाले ज्यान गुमाइसकेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया