चितवन समाज जापानद्वारा मृतकका परिवारलाई राहत हस्तान्त्रण

जापान । चितवन समाज जापान ,नागोया क्षेत्रिय समितिको पहलमा  जापानमा निधन भएकी मनकुमारीको परिवारलाई राहत स्वरुप आर्थिक सहयोग हस्तान्त्रण गरिएको छ ।

गत नोभेम्वरमा छोरी सम्झनाकोमा  आउनु भएकी ५२ वर्षिय धमलाको फोक्सोमा व्याक्टेरिया संक्रमणको कारण उपचारको क्रममा जापानको  स्थानिय अस्पतालमा निधन भएको थियो । मृतकका परिवारलाई राहत स्वरुप चितवन समाजले  ५० हजार जापनिज येन सहयोग हस्तान्त्रण गरेको हो ।

उक्त रकम चितवन समाजका बिमल अधिकारी तथा शोमा घिमिरेको पहलमा संकलन गरि हस्तान्त्रण गरिएको थियो । सहयोग रकम उपलब्ध गराउनु हुने सबैलाई चितवन समाज जापान , नागोयाका अध्यक्ष शिव न्यौपानेले धन्यवाद व्यक्त गर्नु भएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया