जापानमा कोरोनाभाइरस संक्रमण झनै बढ्यो,टोकियोमात्र आज शनिवार १९७ बढीमा पुष्टि

टोकियो । जापानमा कोरोना भाइरस(कोभिड-१९) को संक्रमण संख्या दैनिक जसो झनै बढ्दै गएको छ ।

कोरोना भारसको संक्रमित आज अप्रिल ११ सम्म होक्काईदोमा सप्पोरो शहरमा १२ जना र नयाँ संक्रमित ४ सहित २५५ जना पुगेको छ ।

शनिवार आज साँझ ५ वजेपछि टोकियोमा एकैदिन १९७ जना भन्दा बढीमा कोरोना भारसको संक्रमण पुष्टि भएको एचएचके अनलाईनले उल्लेख गरेको छ । सुरुमा १९० प्रकाशित गरेको एनएचकेले संक्रमितको संख्या गणना जारी रहेको जनाएको छ ।  हिजो शुक्रवार १८९ जनामा पुष्टि भएको थियो ।  टोकियोभित्र मात्र १९०२ पुगेको जनाएको छ । सरकारले कोरोना संक्रमण कम गर्ने उद्धेश्यले आपतकाल घोषणा गरेको चौथो दिन हालसम्मकै धेरै संक्रमितहरु पुष्टि भएको हो ।  जापानका ३३ भन्दा बढी विभिन्न प्रान्तहरुमा संक्रमितहरु देखिने क्रम बढेको हो ।

जापानभर कोरोना भाइरस संक्रमणबाट जापानमा शनिवारसाँझसम्म योकोहामा पोर्टमा क्वारेन्टायन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितको संक्रमितहरुको संख्या ७३४५ जना पुगेको छ । टोकियोमा मात्र १९०२ संक्रमित भएका छन् ।  १२५ जनाभन्दा बढीको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया