एकता मञ्च जापानद्धारा श्रेष्ठको संयोजनमा कोरोना संक्रमण सहयोग समिति गठन

जापान । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९)संक्रमणले विश्व मानव जगतको ध्यान यसैमा केन्द्रित भएको छ । नेपालीहरुले पनि सावधानी अपनाई रहेका छन् ।

यहिक्रममा जापानमा रहेका नेपालीहरुको समस्यामा सहयोगको लागि प्रवासी नेपाली एकता मञ्चले कोरोना भाईरस संक्रमण सहयोग तथा समन्वय समिति गठन गरेको छ । प्रवासी नेपाली एकता मञ्च जापानका अध्यक्ष हवलचन्द्र लामा र सचिव सालिकराम भण्डारीद्धारा हस्तक्षरित एक विज्ञप्तिअनुसार समितिका संयोजक सिद्धार्थ श्रेष्ठलाई जिम्मेवारी तोकेको छ ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई उक्त जिम्मेवारी दिएको हो । संयोजक श्रेष्ठका अनुसार कोरोना भाईरसको संक्रमण हरेक दिन बढ्दै गएकोले जापानमा रहेका नेपाली समुदायमा पनि यसले प्रत्यक्ष प्रभाव पारेको छ । जापान सरकार तथा नेपाली राजदुतावास  लगायत अन्य संघसंस्थाहरुले पनि समस्याको सम्बोधन तथा न्यूनीकरणको प्रयास गरिरहेको यस परिस्थितिमा संगठनको तर्फबाट पनि  केहि योगदान गरौँ भन्ने उद्धेश्यले यो समन्वय तथा सहयोग समिति गठन गरिएको बताउनु भयो । जापानवासी नेपालीहरुले समितिका तोकिएका व्यक्तिहरुसंग सम्पर्क गरि आवाश्यक परामर्श तथा सहयोग लिन सक्ने जनाएके छ ।

प्रवासी नेपाली एकता मञ्च, जापान प्रेस विज्ञप्ति

फेसबुकबाट तपाइको प्रतिक्रिया