टोकियो । सपरिवार जापान बस्दै आउनु भएकी चिनमाया तमुको मुटुको उपचारको क्रममा गत मार्च २७ तारिख ३३ वर्षको उमेरमा अल्पआयूमैं निधन भयो ।
नेपालको स्याञ्जा जिल्ला भिरकोटमा घर भई टोकियोमा बस्दै आउनु भएकी स्व.चिनमायाको आज १७ दिनमा जापानमैं दाँहसंस्कार सम्पन्न भएको छ । स्व.चिनमायाको श्रीमान बुबाको हालसालै मृत्यु भएकोले श्रीमान ओमप्रसाद गुरुङ बुवाको कर्मकाण्डको शिलसिलामा रहेके समयमा कोरोनाको कारण नेपालमा लकडाउन भएकोले जापान तुरुन्त फर्कन नसक्दा स्व.चिनमाया दाँहसंस्कार कार्यसमेत १७ दिन लम्बियो । लकडाउन २ सातामा खुल्छ कि भनेर बाटो हेर्नु भएका ओमप्रसाद लकडाउन नखुलेपछि जापान आउने र आफ्नो श्रीमतिको अन्तिम मुख हेर्ने र दाँहसंस्कार गर्ने चाहना विमान नचल्ने भएपछि निरास हुनुभएका ओमप्रसाद गुरुङले अन्तिममा आएर विभिन्न पिडा झल्दै चार्टर विमानमा जापान आउने सौभाग्य मिल्यो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया