कोरोना संक्रमण संख्या टोकियोमा २१ सय नाग्यो,आज सोमबार यस्तो छ विवरण

जापान । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण आज टोकियोमा केहि रुपमा घटेको छ । टोकियोमा कोरोना भाइरसको संक्रमित आज अप्रिल १३ तारिख ९१ जना पुष्टि भएको छ ।

सोमवार आज साँझ ५ वजेपछि टोकियोभित्र ९१ जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको एचएचके अनलाईनले उल्लेख गरेको छ । हिजो १६६ जनामा पुष्टि भएको थियो । हालसम्म टोकियोभित्र मात्र २ हजार १ सय ५९ पुगेको छ ।

जापानभर कोरोना भाइरस संक्रमण आज १४७ जनामा भएको उल्लेख छ भने जापानमा ८ हजार २ सय ५७ भन्दा बढी संक्रमित भएका छ । जापानभर कोरोनाले १ सय ५२  जनाको मृत्यु भएको जनाएको छ । आजसम्म् आईपुग्दा जापानको टोकियोमा सबैभन्दा बढी २ हजार १ सय  ५९ जनामा संक्रमण,ओसाकामा ८११ जनाभन्दा बढी,कानागावा प्रान्तमा ५४९ र चिवामा ४६९ जना भन्दा बढीलाई कोरोना संक्रमण भैसकेको छ ।

टोकियोमा एक जना नेपालीमा कोरोना भाईरस संक्रमण पुष्टि नभएको नेपाली दुतावास जापानका उप-नियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिनुभयो । यस अघि जापानको इबाराकी प्रान्तमा एक जना २१ बर्षिया महिलामा कोरोना संक्रमणको पुष्टि दुतावासले गरेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया