विदेश रहेका अधिकांश नेपालीले देखाए स्वदेश फर्किने ईच्छा

काठमाडौं । विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने ईच्छा देखाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गत आइतवारदेखि सुरु गरेको २४ सै घन्टा हेल्पलाइनमा फोन गर्ने मध्यका ७७ प्रतिशतले मातृभूमि नेपाल फर्किन चाहेको र त्यसको लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेका छन् ।

संघमा प्राप्त फोन कलका आधारमा सबैभन्दा धेरै समस्या मध्यपूर्वका गैरआवासीय नेपालीमा रहेको देखिएको छ । त्यहाँ रहेका अधिकांश नेपालीले नेपाल फर्किन चाहना राखेका छन् । हटलाइनमा प्राप्त सूचना अनुसार ७७ प्रतिशत गैरआवासीय नेपालीले स्वदेश फर्किन चाहेका छन् भने ११ प्रतिशतले विदेश जानको लागि आवश्यक प्रकृया पूरा गरिदिन आग्रह गरेका छन् । अन्य समस्या हुनेमा १२ प्रतिशत गैरआवासीय नेपाली छन् ।

मध्यपूर्वमा धेरै नेपालीको जागिर छुटेको वा कम्पनीबाट राजीनामा दिएर नेपाल जानको लागि तयारी अवस्थामा रहेको देखिएको छ । गैरआवासीय नेपालीका बारेमा नेपालमा रहेका अभिवाभकहरु धेरै चिन्तित देखिएका छन् । तीमध्ये धेरैले विदेशमा रहेको आफ्नो छोराछोरीलाई तत्काल नेपाल फर्काउन चाहेको र त्यसको लागि सहजीकरण गरिदिन संघ समक्ष आग्रह गरेका छन् । सोमवार साँझसम्म संघलाई प्राप्त टेलिफोनमध्ये भारतको मुम्बई, हैदरावाद, नैनिताल, हरियाना, नयाँ दिल्लीमा नेपालीको ठूलो समूह खान बस्नसमेत नपाएर अलपत्र परेका छन् । युएई,भारत,मलेसिया, साउदी अबर, दक्षिण कोरिया, मोजाम्कि, फिनल्यान्ड, अमेरिका, युकेलगायतका देशमा बसोवास गर्ने गैरआवासीय नेपालीले संघ समक्ष आ–आफ्ना समस्या टिपोट गरिएको महासचिव डा.शर्माले जानकारी दिनुभयो ।

विदेशबाट छुट्टीमा नेपाल गएका धेरैको भिषा सकिएपछि तत्काल विदेश जाने व्यवस्था गरिदिनसमेत उनीहरुले गैरआवासीय नेपाली संघ समक्ष आग्रह गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया