जापान । विगत केही समयदेखि जापानमा पेटको क्यान्सरसँग लडिरहेका काभ्रे जिल्लाको चौंरी देउराली गाउँपालिका वडा नं ३ (सलम्बु)का सानु तामाङको उपचारार्थ नेपाल तामाङ समाज जापानले रू १,०७५,८८५ अर्थात् ९६१,५५६ येन सहयोग गरिएको छ।
सानु तामाङको उपचारार्थ नेपाल तामाङ समाज जापानको विभिन्न क्षेत्रीय समितिहरु र केन्द्रीय समिति गरी उक्त रकम संकलन गरिएको केन्द्रीय महासचिव बलराम थिङ तामाङले बताउनुभयो।
सानुको उपचारार्थ नेपाल तामाङ समाज जापानको केन्द्रीय समिति बाट -४१३२१८ येन,नेपाल तामाङ समाज जापान- च्युबु (नागोया)क्षेत्रीय समितिबाट -२९२२२६ येन,नेपाल तामाङ समाज जापान- किताकान्तो (टोचिगी)क्षेत्रीय समितिबाट -११११०० येन,नेपाल तामाङ समाज जापान- क्युस्यु(फुकुओका) क्षेत्रीय समितिबाट -१०५००० येन,नेपाल तामाङ समाज जापान- ओकिनावा क्षेत्रीय समितिबाट -४००१२ येन संकलन गरिएको केन्द्रीय कोषाध्यक्ष गिर बहादुर तामाङले जानकारी दिनुभएको छ । समाजको प्रतिनिधिहरू बिरामी सानु तामाङको निवासमा पुगेर अवस्था बुझेपछि समाजको अगुवाइमा आर्थिक संकलन अभियान संचलन गर्न सबै क्षेत्रतिर केन्द्रीय समितिले आव्हान गरिएको थियो ।
कोरोना भाइरसको प्रभावका कारण समाजले बिरामी सानु तामाङको खातामा उक्त रकम जम्मा गरिएको छ। आर्थिक आभाव र क्यान्सर बाट पीडित भई चिन्तित रहेका सानु तामाङले आर्थिक सहयोग जुटे संगै खुसी र आफू बाँच्ने मा थप हौसला मिलेको बताउनु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया