टोकियोमा आज बुधवार १२७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि

टोकियो । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण आज टोकियोमा १२७ जनामा पुष्टि भएको छ ।  टोकियोमा कोरोना संक्रमित आज अप्रिल १५ तारिख १२७ जना पुष्टि भएको छ ।

बुधवारसाँझ ५ वजेपछि टोकियोभित्र १२७ जना कोरोना संक्रमण पुष्टि भएको एचएचके अनलाईनले उल्लेख गरेको छ । हिजो १६१ जनामा पुष्टि भएको थियो । हालसम्म टोकियोभित्र मात्र २,४४६  पुगेको छ । जापानमा ८ हजार ७ सय भन्दा बढी संक्रमित भएका छ । जापानभर कोरोनाले १७० जना भन्दा बढीको मृत्यु भएको जनाएको छ ।

हालसम्म जापानमा २ जना नेपाली एक महिला र एक पुरुषमा कोरोना भाईरस संक्रमण पुष्टि भएको नेपाली दुतावास जापानले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया