विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३५ हजार नाग्यो

काठमाडौं  । विश्वभर कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या १ लाख ३५ हजार नागेको छ । बिहिबार साँझसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ३५ हजार ५ सय ६९ पुगेको हो ।

संक्रमितको संख्या २० लाख ९४ हजार ८ सय ८४ पुगेको छ भने ५१ हजार ९२ जनाको अवस्था गम्भीर छ ।  कोरोना संक्रमित भएर ५ लाख २० हजार ९ सय ४६ जना उपचारपछि घर फर्किएका छन् ।

अहिलेसम्म अमेरिकामा २८ हजार ५ सय बढीको ज्यान गएको छ । इटलीमा २१ हजार ६ सय बढी, स्पेनमा १९ हजार १ सयबढी, फ्रान्समा १७ हजार १ सय बढी, बेलायतमा १२ हजार नागेको छ भने चीनमा ३,३४२ मैं सिमित छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया