जापानभर आपतकाल घोषणाको तयारी,टोकियोमा आज १४९ जनामा पुष्टि

टोकियो । जापानको राजधानी टोकियोमा बिहिबार १४९ जनामा संक्रमण पुष्टि भएको छ । जापानको राजधानी टोकियोमा बिहिबारसाँझ ५ बजेसम्म १४९ जनामा संक्रमण पुष्टि भएको जापानी समाचार संस्था एचएचके अनलाईनले उल्लेख गरेको छ  ।

आज पुष्टि भएको संख्यासंगै टोकियो भित्रमात्रै संक्रमितहरुको संख्या २५ सय ९५ पुगेको छ । हिजो बुधवार टोकियोभित्र १२७ जनासहित जापानभर ५४९ कोरोना संक्रमण पुष्टि भएको थियो  हालसम्म जापानमा ८,७२२ जनामा पुष्टि भएको छ भने पानी जहाजभित्र ७१२ यात्रुसहित ९४३४ जनामा संक्रमण भैसकेको छ  । जापानभर कोरोनाले १७८ जनाको मृत्यु भएको छ भने क्रुज पानी जहाजभित्रको यात्रुहित हलसम्म १९१ पुगेको छ ।

हालसम्म जापानमा एक महिला र एक पुरुष २ जना नेपालीमा कोरोना भाईरस संक्रमण पुष्टि भएको नेपाली दुतावास जापानले जनाएको छ ।

जापानभर आपतकाल घोषणा गर्ने निर्णय

कोरोना भाईरसको संक्रमण नियन्त्रण लागि जापान सरकारले ४७ वटै प्रान्तमा आपतकाल घोषणा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री शिन्जो आबेले मुख्यालयमा कोरोना भाइरस विरुद्ध विशेष ऐनमार्फत देशभर आपतकालिन घोषणा गर्ने निर्णय गरेको एनएचकेमा समचार छ ।  यसअघि टोकियोसहित अति प्रभावित ७ वटा प्रान्तमा आपतकाल घोषणा गरेको थियो । प्रधानमन्त्री आबेले सबै जनतालाई प्रतिब्यक्ति एक लाख येन प्रदान गर्ने प्रतिबद्धता पनि गरेका छन् ।

प्रधानमन्त्री आबेले भने तत्कालको लागि होक्काइडो, इबाराकी प्रान्त, इशिकावा प्रान्त, गिफु प्रान्त, आइची प्रान्त र क्योटो प्रान्त अति प्रभावित रहेको समेत उल्लेख गरेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया