जापान । टोकियोमा शुक्रबार २०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जापानको राजधानी टोकियोमा शुक्रबाररातिसम्म २०१ जनामा संक्रमण पुष्टि भएको जापानी समाचार संस्था एचएचके अनलाईनले उल्लेख गरेको छ ।
टोकियो भित्रमात्रै संक्रमितहरुको संख्या २७ सय ९४ पुगेको छ । हिजो टोकियोभित्र १४९ जनासहित जापानभर ५४९ कोरोना संक्रमण पुष्टि भएको थियो । आज जापानभर ५३३ जना संक्रमण पुष्टि भएसंगै हालसम्म जापानमा ९,८२७ जनामा संक्रमण भएको छ । जापानभर कोरोनाले २१८ जनाको मृत्यु भएको छ । कोरोना भाईरसको संक्रमण नियन्त्रण लागि प्रधानमन्त्री शिन्जो आबेले अर्को महिना मे ६ तारिखसम्म जापानको ४७ वटै प्रान्तमा आपतकाल घोषणा गरेका थिए । जापान सरकारले जापानी र जापानमा रहेका विदेशीहरुलाई समेत प्रतिब्यक्ति १ लाख येन अनुदानसमेत दिने भएको छ ।
हालसम्म जापानमा एक महिला र एक पुरुष २ जना नेपालीमा कोरोना भाईरस संक्रमण पुष्टि भएको नेपाली दुतावास जापानले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया