शान्त पहरी,टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संचालन गरेको कोभिड-१९ राहत कोषलाई जापानबाट सफल ब्यवसायी केशब अधिकारीले ७ लाख सहयोग गर्नु भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीले चपेटमा परेका विदेशमा रहेका नेपालीको सहयोग गर्न एनआरएनएले संचालन गरेको कोषमा जापानबाट मनकारी अधिकारीले ७ लाख रूपैया सहयोग गरेको जानकारी दिनुभयो । गैरआवासीय नेपाली संघको कोषमा शनिवार उक्त रकम जम्मा गरेको मातृ सन्देश डट कमलाई बताउनु भयो । कोरोना संक्रमणबाट पीडित नेपालीको सहयोगका लागि संघका सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गर्दै अध्यक्ष कुमार पन्तले कोरोना पिडित र विदेशबाट नेपाल फर्किन चाहने नेपालीहरुका आर्थिक रुपमा सहयोग गर्न अपील गर्नु भएको थियो ।
उक्त कोषमा हालसम्म २ करोड ३० लाखभन्दा बढ़ी रकम संकलन भएको अभियानका संयोजक तथा एनआरएनए आइसीसीका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो ।
धनले हैन मनले बाचौं भन्ने उदाहारणिय ब्यक्तिव केशब अघिकारी
बिश्ब अहिले कोरोना भाइरस (कोभिड–१९) डर र त्रासमा छ । शक्तिशाली राष्ट्र अमेरिका बेलायत,चीन, भारतले पनी यो भाइरससंग लडाइ लडन भएको बलबुद्दा डाक्टर बिद्बान को साथ लिइराखेकै छ । यद्दपी अहिले युद्ध चरम बिन्दुमा चलिरहेकै छ ।
यसै बिचमा सरकार ग़ैरसरकारी संघसंस्था ब्यापारी नागरिक हरेक जिम्मेवारी भएर रोगथामको अभियानमा जुटेकै छन । करिब २५ बर्षदेखी जापानको टोकियोमा बस्दै आइरहेका घादिङ जन्मघर भएका युबा व्यवसायी समाजसेबी, चौतारो कर्पोरेशन जापानका प्रमुख केशब अघिकारीले एनआरएनए कोभिड-१९ राहत कोषलाई नेपाली ७ लाख सहयोग गरेर देश र जनता प्रतीको समाजसेबी भाबना प्रकट गरेका छन ।
जापानमा ७ वटा रेष्टुरेण्ट संचालन गर्दै आउनु भएका अधिकारीले जापानबाट उक्त राहत कोषमा यो नै सबैभन्दा ठुलो रकम हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया