जापान । विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस(कोभिड-१९) ले जापानमा एकैदिन शनिबार १७ जनाको ज्यान लिएको छ । शनिबार १७ जनाको मृत्यु र ५८४ लाई संक्रमित भएको छ ।
राजधानी टोकियोभित्र शनिबारसाँझसम्म १८१ जनामा संक्रमण पुष्टि भएको जापानी समाचार संस्था एचएचके अनलाईनले उल्लेख गरेको छ । टोकियो भित्रमात्रै संक्रमितहरुको संख्या २ हजार ९ सय ७५ जना पुगेको छ । शनिबारसाँझसम्म जापानमा संक्रमित चीनबाट चार्टर गरि ल्याइएकाहरु र योकोहामा पोर्टमा क्वारेन्टायन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितको संक्रमितहरुको संख्या ११ हजार १ सय ४५ जना पुगे जनाएको छ । जापानमा अहिलेसम्म कोरोना भाइरसको कारणले क्रुज पानीजहाजका यात्रुहरुसहित २३७ जना पुगेको छ ।
कोरोनाको संक्रमण नियन्त्रण लागि प्रधानमन्त्री शिन्जो आबेले अर्को महिना में ६ तारिखसम्म जापानमा आपतकाल घोषणा गरेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया