टोकियोमा फेरी एक नेपालीमा कोरोना संक्रमण,जापानमा संक्रमित ३ जना पुग्यो

टोकियो । जापानको टोकियोमा अर्का एक नेपालीमा पनि कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। । उनी यस अघि एक जना संक्रमित प्रमाणित रेष्टुरेण्टमा कार्यरत थिए ।

नेपाली राजदूतावास जापानका उप-नियोग प्रमुख कृष्णचन्द्र अर्यालले दिनु भएको जानकारी अनुसार संक्रमण पुष्टि भएका ३५ वर्ष उमेरका पुरुष हुन् । यस अघि सोही रेष्टुरेण्टका अर्का पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनलाई हस्पिटल भर्ना गरि उपाचार गरिएको जनाएको छ ।

यो घटनासंगै टोकियोमा २ र ईबाराकी केनमा १ गरि, जापानमा कोरोना संक्रमित नेपालीको संख्या ३ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया