कोरोनाले जापानमा एकैदिन २९ जनाको मृत्यु,तीन दिनमा एकपटक बाहिर निस्कन आग्रह

टोकियो । जापानमा आज विहिबार एकैदिन ४३६ जना कोरोना भाइरस संक्रमण नयाँ थपिएका छन् । टोकियोभित्र १३४ जनासहित जापानभर ४३६ जना नयाँ संक्रमित पुष्टि भएको जापानी समाचार संस्था एचएचकेले उल्लेख गरेको छ ।

टोकियो भित्रमात्रै संक्रमितहरुको संख्या ३५७२ जना पुगेको छ । हालसम्म जापानमा आन्तरिक १२,४२९ संक्रमित पुगे भने चीनबाट चार्टर गरि ल्याइएकाहरु र योकोहामा पोर्टस्थित डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रु ७१२ सहितको संक्रमितहरुको संख्या १३१४१ जना पुगेको उल्लेख छ । जापानमा विहिबार २९ जनाको मृत्यु भएको छ । यो हाल सम्मकै धेरै संख्या हो । जापानमा अहिलेसम्म कोरोनाको कारण ३२८ जना र क्रुज पानीजहाजका १३ जना यात्रुसहित ३४१ जनाले ज्यान गुमाई सकेका छन् ।

 

तीन दिनमा एक पटक मात्र किनमेल गर्नुस : गभर्नर युरिको कोइके

कोरोना भाइरस संक्रमण बढिरहेको राजधानी टोकियोमा नागरिकका दैनिक आवश्यक खाद्यान्न खरीदका लागि तीन दिनमा एक दिन मात्र घर बाहिर निस्कन आग्रह गरिएको छ । टोकियोका गभर्नर युरिको कोइकेले बिहिबार सो आग्रह  गर्नुभएको हो । संक्रमण नियन्त्रणका लागि सरकारले देशभर संकटकाल लागू गरी नागरिकलाई घरघरमै बस्न अनुरोध गरेपछि व्यस्त शहरी क्षेत्रमा भिडभाड कम भए पनि सपिंग सेन्टर र सुपरमार्केटहरुमा अत्यधिक भिड हुने गरेकाले त्यस्तो  अपिल  गरिएको हो ।

बिहिबार पत्रकार सम्मेलनमा कोइकेले सुपरमार्केट र उद्योगहरुमा भीडभाड कम गर्ने नयाँ योजना बनाउन, वृद्धवृद्धा तथा शारीरक असक्तहरुका लागि बेग्लै समय निर्धारण गर्ने लगायतका रहेका छन् ।

गभर्नर कोईकेले यस वर्षको गोल्डेन विकलाई स्टे एट होम घरमै वस्न विशेष अनुरोध गर्दै आगामी शनिबार देखि अप्रिल ६ तारिकसम्म बाहिर ननिस्कन अनुरोध गरेकी छन।

विस्तृत विवरण

  1. ▽ Tokyo has 3572 people
  2. ▽ Osaka Prefecture has 1415 people
  3. ▽ Kanagawa prefecture has 875 people
  4. ▽ Chiba Prefecture is 770
  5. ▽ Saitama Prefecture has 759 people
  6. ▽ Hyogo prefecture has 580 people
  7. ▽ Fukuoka prefecture has 575 people
  8. ▽ Hokkaido has 540 people
  9. ▽ Aichi prefecture has 461 people
  10. ▽ Kyoto prefecture has 282 people
  11. ▽ Ishikawa Prefecture has 216 people
  12. ▽ Ibaraki prefecture has 153 people
  13. ▽ Toyama Prefecture has 150 people
  14. ▽ Gifu Prefecture has 149 people
  15. ▽ Hiroshima has 144 people
  16. ▽ Gunma prefecture has 138 people
  17. ▽ 132 people in Okinawa
  18. ▽ Fukui Prefecture has 119 people
  19. ▽ 92 people in Shiga
  20. ▽ Miyagi prefecture has 84 people
  21. ▽ 76 people in Nara
  22. ▽ 71 people in Kochi
  23. ▽ 65 people in Yamagata
  24. ▽ 65 people in Fukushima
  25. ▽ 65 people in Nagasaki
  26. ▽ 62 people in Niigata
  27. ▽ 62 people in Nagano
  28. ▽ 60 people in Oita
  29. ▽ Shizuoka Prefecture has 58 people
  30. ▽ 52 people in Tochigi
  31. ▽ 51 people in Yamanashi
  32. ▽ Wakayama prefecture has 50 people
  33. ▽ 47 people in Ehime
  34. ▽ 44 people in Kumamoto
  35. ▽ Mie prefecture has 43 people
  36. ▽ Yamaguchi Prefecture has 31 people
  37. ▽ 28 people in Kagawa prefecture
  38. ▽ 28 people in Saga
  39. ▽ 22 people in Aomori
  40. ▽ 19 people in Okayama
  41. ▽ 17 people in Miyazaki
  42. ▽ 16 people in Akita
  43. ▽ 16 people in Shimane Prefecture
  44. ▽ 10 people in Kagoshima
  45. ▽ Tokushima Prefecture has 5 people
  46. ▽ There are 3 people in Tottori prefecture.

फेसबुकबाट तपाइको प्रतिक्रिया