टोकियोमा आज १६१ जनासहित कोरोना संक्रमितको संख्या ३७३३ पुग्यो

जापान । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ टोकियोमा आज १ सय ६१ जनामा पोजेटिभ देखिएको छ ।

आज शुक्रबार टोकियो महानगरका अनुसार टोकियोमा १ सय ६१ जनामा पुष्टि भएको जापानी समाचार संस्था एचएचकेले उल्लेख गरेको छ ।  टोकियोमा कोरोना संक्रमणका कारण हालसम्ममा आज ६ जना सहित ९२ जनाले जनाले ज्यान गुमाईसकेका छन् ।

आज थपिएका १६१ सहित टोकियोमा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ७ सय ३३ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया