टोकियो । जापान सरकारले आगामी मे ६ तारिखसम्म देशब्यापी आपतकाल घोषणाको समय थप्ने तयारी भएको छ । प्रधानमन्त्री शिन्जो आबेले गोल्डेन वीकपछि पनि संकटकालको अवधि बढाउने तयारीमा रहेको जापानी समाचार संस्था एनएचकेमा समाचार लेखेको छ ।
गत अप्रिल ७ तारिखमा जापान सरकारले टोकियोसहित खानागावा, साइतामा, चिबा, ओसाका, ह्योगो तथा फुकुओका प्रिफेक्चरमा लागू हुनेगरि आपतकालको घोषणा गरिएको थियो । अप्रिल १६ मा पुनः जापानभरका सबै प्रिफेक्चरहरुमा आपतकाल लागू गरेको जापानले यहि अवस्थामा आपतकाल पूर्ण रूपमा रद्द गर्न गाह्रो हुने भन्दै समय थप्ने तयारी गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री आबेले बताएका छन् । शुक्रबार प्रधानमन्त्रीको कार्यालयमा भएको कोरोना भाइरस सम्बद्ध अधिकारीहरुको बैठकमा बोल्दै प्रधानमन्त्री आबेले समय संकटकालको अवधि बढाउने वा रोक्ने भन्ने विषयमा निर्णय लिनका लागि निकै महत्वपूर्ण रहेको र मानिसवीच सामाजिक दुरी घटाउन सरकारी प्रयासलाई थप तिब्रता दिनुपर्ने बताएका थिए । पत्रकार सम्मेलनमा मुख्य क्याविनेट सचिव योसिहिदे सुगाले घटनाक्रम मिनेटभरमा फेरवदल भइरहेकाले हामी विज्ञहरुको राय लिएर मे ६ भन्दापछि पनि संकटकाल लम्ब्याउने वा नलम्ब्याउने भन्ने निर्णय लिने बताएका छन् ।
सरकारी श्रोतले विज्ञहरुको राय अनुसार आपतकाल हटाउनका लागि मे ६ सम्मको समय छोटो हुने सुभाव दिएको उल्लेख गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया