श्यामकाजी खत्री,काठमाडौं । सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न गएका जनता समाजवादी पार्टीका शीर्ष नेताहरू पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतका नेताहरूसहित पूर्व स्वास्थ्यमन्त्री डा.सुरेन्द्र यादव जाहेरी दर्ता गर्न टेकु पुगेका टोलीलाई जाहेरी दर्ता गर्न अस्वीकार गर्नुको कारण यस्तो छ । अहिले पूर्व प्रधानमन्त्री डा.बावुराम भट्टराईबाट गरिएको राजनीति, मेरो बिचारमा अपहरण नभएर राजनीति विषय रहेको निम्मानुसारको तर्क रहेको छ ।
- डा.सुरेन्द्र यादव जो पिएसओ बोकेर हिंडेका पूर्व स्वास्थ्य राज्यमन्त्री तथा वर्तमान सांसद महोत्तरीदेखि काठमाडौं सम्म आउँदा आफुले अपहरणमा परेको भनेर कतै प्रतिवाद गरेको र गुहार मागेको देखिदैन ।
- डा.यादवको पिएसओले समेत अपहरणको सूचना प्रहरीलाई दिएको देखिदैन,
- आफ्नो स्वविवेक नभएका र राजनीतिका कच्चा खेलाडी जस्ले मन्त्री पदको लोभमा दोधार दोधारमा काठमाडौ आए ।
- बाटोमा प्रधानमन्त्रीका नीजि सचिवसंग पनि फोनमा कुरा गरेको ।
- घरमा खाना खाई भिनाजु समेत गाडिमा लिएर आएको ।
- स्वयम् यादवले फोन अर्को गाडीमा छुटेकाले सम्पर्क हुन नसकेको र डा. बावुराम भट्टराई लाई फोन गर्न नयाँ फोन नम्बर दिएको र बाटा बाट फोन गरेर उपेन्द्र यादव लाई कहाँ आउ भनेर सोधेको भनी अन्तर्वार्ता दिएको,
- काठमाडौं आईपुग्नु अगावै मध्ये रातमा पार्टी मिल्लेकाले समाजबादी पार्टी फुटने अवस्था नरहेको र मन्त्रीको पद नपाउने भए पछि उपेन्द्र यादव लाई फोन गरी डा.बाबुराम भट्टराईको गाडीमा होटेल बाट गएको,
- काठमाडौं आएर दिएको सुरुसुरुका अन्तरवार्ताहरुमा उनी स्वंयमले अपहरण नै त भन्न मिल्दैन भनेको,
- पुर्व प्रधानमन्त्री भट्टराईले घरमा राखि अन्तर्वार्ता मा परिवर्तन गर्न दवाब दिएको,
- काठमाडौं आउने क्रममा संसद यादव सग सम्पर्क नभए पछि बावुराम भट्टराई र उपेन्द्र यादवहरु आफ्नो संसद खोजी गर्न छोडेर किन मध्य रातमा पार्टी एकता घोषणा गर्न लागे,
तसर्थ आज डा.सुरेन्द्र यादवलाई बोकेर डा.बाबुराम भट्टराई, राजेन्द्र महतोहरु अपहरणको मुद्दा दर्ता गर्न टेकुमा जानु बेठिक देखिन्छ । अब यो विषय कानूनी नभएको र राजनीतिक बिषयमा बदलिएकाले राजनीति उपचार खोजिनुको विकल्प छैन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया