काठमाडौं । विश्वभर कोरोना भाइस कोभिड १९ संक्रमणका कारण दुई लाख ६ हजार ६ सय ९८८ जनाको मृत्यु भएको छ ।
सोमबार बिहानसम्म संक्रमित संख्या २९ लाख ९४ हजार ६ सय ७७ पुगेको छ । उपचारपछि ८ लाख ७८ हजार ७ सय ७ जना निको भएका छन् । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म ९८७,१६० संक्रमित भएका छन् भने ५५,४१३ जनाको मृत्यु भएको छ । अमेरिकामा उपचारबाट १,१८,७८१ जना निको भएका छन् । अमेरिकापछि सबैभन्दा बढी प्रभावित इटलीमा संक्रमित संख्या १,९७,६७५ र मृतक संख्या २६,६४४ पुगेको छ । यहाँ ६४,९२८ जना निको भएका छन् । स्पेनमा २३,१९० जनाको मृत्यु भएको छ । फ्रान्समा २२,८५६ जनाको मृत्यु,बेलायतमा २०,७३२ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया