टोकियोमा आज सोमबार ३९ जनामा कोराना भाइरस संक्रमण

जापान । आज टोकियोमा ३९ जनामा कोरोना भाइरस (कोभिड-१९ )पोजेटिभ देखिएको छ ।  आज सोमबार ५ बजेसम्म टोकियो महानगरभित्र ३९ जनामा कोराना पोजेटिभ पुष्टि भएको जापानी समाचार संस्था एचएचकेले उल्लेख गरेको छ । हिजो आईतबार टोकियो महानगरभित्र ७२ जनामा कोराना पोजेटिभ पुष्टि भएको थियो ।

टोकियोमा अहिले संक्रमित संख्या घट्दो अवस्थामा छ । जापान सरकारले देशभर आपतकाल घोषणा गरेर आफना जनतालाई अनावश्यक रुपमा घर बाहिर ननिस्कन कडा आग्रह गरेसंगै संक्रमित संख्या घट्दै गएको छ । टोकियोमा कोरोना भाइरस संक्रमितको संख्या ३९४७  जना पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया