टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोना भाइरसको रोकथामको लागि थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा रोक्ने घोषणा गर्नु भएको छ ।
सोमबार प्रतिबन्ध घोषणा गरेको नयाँ देशहरुमा रसिया, साउदी अरेबिया, युनाईटेड अरब ईमिरेट्स, युक्रेन,बेला,रुस,कतार, कुवेत,ओमान,पेरु, डिजिवोउती, डोमिनिकन रिपब्लिक, आन्तिगुवा, वर्वुडा रहेका छन् । प्रतिबन्ध घोषणा गरिएका मुलुकमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि प्रतिबन्ध लगाउनु परेको प्रधानमन्त्री आबेले बताउनुभएको छ । जापानले यसअघि नै ७३ मुलुकका नागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध लगाइसकेको थियो । यो संगै ८७ राष्ट्रका नागरिकहरु जापान प्रवेश गर्न पाउने छैनन । नेपाललाई भने प्रतिबन्द गरेको छैन् । प्रधानमन्त्री आबेले सरकारको पछिल्लो घोषणा यही बुधबारदेखि लागू हुने जानकारी दिनुभयो । जापानले यसअघि घोषणा गरिएका मुलुकमाथि लागेको प्रतिबन्ध यही अप्रिल ३० मा सकिँदैछ तर उक्त मितिलाई पनि आगामी मे महिनाको अन्त्यसम्म बढाइने समाचार छ । जापानमा आगामी मे ६ सम्मका लागि आपतकालीन स्थितिको घोषणा गरिएको छ ।
सरकारी अधिकारीहरु र विज्ञहरुले कोरोना संक्रमण रोकथामका लागि हाल अपनाइएका उपायहरु सफल रहे वा नरहेको बारेमा सूक्ष्म विश्लेषण गरिरहेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया