जापान । आज टोकियोमा ११२ जनामा कोरोना भाइरस (कोभिड-१९ )पोजेटिभ देखिएको छ । आज मंगलबार ४:३० बजेपछि टोकियो महानगरभित्र ११२ जनामा कोराना पोजेटिभ पुष्टि भएको जापानी समाचार संस्था एचएचकेले उल्लेख गरेको छ ।
हिजो सोमबार टोकियो महानगरभित्र ३९ जनामा कोराना पोजेटिभ पुष्टि भएको थियो । जापान सरकारले देशभर आपतकाल घोषणा गरेर आफना जनतालाई अनावश्यक रुपमा घर बाहिर ननिस्कन कडा आग्रह गरेसंगै संक्रमित संख्या हिजो र अस्ती घट्दै गएको छ । आज भने १०० माथी संक्रमित भएको हो ।
टोकियोमा कोरोना भाइरस संक्रमितको संख्या ४०५९ जना पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया