धौलगिरीमा कोरोना रोकथामको लागि पर्वत समाज जापानको सहयोग

टोकियो । कोरोना भाइरसबिरुद्धको अभियानमा सहयोग पुर्याउने उद्देश्यले पर्वत,बागलुङ्, म्याग्दी र मुस्ताङ्का स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । पर्वत समाज जापानले उपलब्ध गराएका स्वास्थ्य सामाग्री पहलकर्ताहरुको उपस्थितिमा बिहिबार अस्पताल र स्थानिय तहरुलाई हस्तान्तरण गरिएको हो ।

समाजले उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरुमा पर्वत जिल्लाका लागि २८ थान पिपिई, २८ वटा एन ९५ मास्क, २८ वटा थर्मल गन, २८ वटा भाईजर र गल्स रहेका छन । त्यस मध्ये सबै सामाग्री पर्वत अस्पताललाई ७ थान उपलब्ध गराइएको छ भने पर्वतका सात वटै स्थानिय तहलाई ३ सेट उपलब्ध गराइएको छ । बागलुङ्,म्याग्दी र मुस्ताङ्लाई ५ सेट उपलब्ध गराइएको छ । यस बाहेक लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देहीलाई पनि ५ सेट उपलब्ध गराउने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फाउण्डेसनका उपाध्यक्ष गोबिन्द सुबेदीले जानकारी दिनुभयो । स्वास्थ्य सामाग्री जुटाउनका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधीसभाका सदस्य डा.सुर्य पाठक, बरिष्ठ मुटुरोग बिशेषद्द डा.अनिल भट्टराई, लुम्बिनी गार्डेन फाउण्डेसन उपाध्यक्ष गोबिन्द सुबेदी लगायतले समन्वय गर्नुभएको थियो ।  जापानबाट पर्वत समाज जापानको बिसेश पहलमा रकम उठाइ राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना मार्फत सहयोग गरेको समाजका अध्यक्ष सुजन जोशीले जनाउनु भएको छ ।  पर्वतका लागि आवश्यक सामग्री कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीलाई हस्तान्तरण गरिएको छ भने म्याग्दी, बागलुङ् र मुस्ताङ्का अस्पताल बिकास समितिका अध्यक्षहरुलाई हस्तान्तरण गरिएको थियो ।

सोही कार्यक्रममा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएकोमा कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सम्पूर्ण सहयोग दाता र पर्वत समाज जापानलाई धन्यबाद दिनुभएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया