जापानमा कोरोना संक्रमित संख्या १५ हजारमाथि,आपतकाल एक महिना थप्ने

जापान । आज राजधानी टोकियोमा १६५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । आज मे १ तारिख शुक्रबार टोकियो महानगरभित्र १६५ जनासहित ४३१७ जनामा कोराना पोजेटिभ पुष्टि भएको जापानी समाचार संस्था एचएचकेले उल्लेख गरेको छ ।

आज जापानभर २२९ जना कोराना भाइरस पोजेटिभ देखिएको छ । शुक्रबार ६ बजेपछि जापानमा १४,५३४  कोरोना भाइरस पोजेटिभ देखिएको छ भने चीनबाट चार्टर गरि ल्याइएकाहरु र योकोहामा पोर्टस्थित डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रु ७१२ सहितको संक्रमितहरुको संख्या १५,२४६ जना पुगेको उल्लेख छ । जापानमा आजसम्म कोरोनाको कारण ४७१ जना र क्रुज पानीजहाजका १३ जना यात्रुसहित ४८४ जनाले ज्यान गुमाई सकेका छन् ।

जापानभर आपतकाल एक महिना थप्ने निर्णय

जापानभर आपतकाल एक महिना थप्ने निर्णय भएको छ । आज जापानी प्रधानमन्त्री शिन्जो आबेले आपतकाल थप्ने जानकारी दिएका छन् । यस बारेको विस्तृत आपतकाल घोषणा मे ४ तारिख गरिने भएको छ । जापानी समाचार संस्था एनएचकेका अनुसार सल्लाहकार समिति,कोरोना भाइरस संक्रमण नियन्त्रण टास्क फोर्स साथै विज्ञ समितिको सल्लाहपछि आपतकाल एक महिना लम्ब्याउने निर्णय भएको हो । यसअघि नै सरकारले देशभर आपतकाल घोषणा गरेर आफ्ना जनतालाई अनावश्यक रुपमा बाहिर ननिस्कन कडा आग्रह गरेको थियो ।

जापानमा गतअप्रिल ६ तारिखबाट टोकियोसहित ७ वटा प्रान्तमा आपतकाल घोषणा गरेको थियो भने अप्रिल १६ तारिख जापानभर लागू हुनेगरि  घोषणा गरेको थियो ।

शुक्रबारसम्मको जापानभरको विवरण  

  1. ▽ Tokyo has 4317 people
  2. ▽ Osaka Prefecture has 1639 people
  3. ▽ Kanagawa Prefecture has 1023 people
  4. ▽ Saitama prefecture has 860 people
  5. ▽ Chiba Prefecture has 835 people
  6. ▽ Hokkaido is 790
  7. ▽ Hyogo Prefecture has 651 people
  8. ▽ Fukuoka prefecture has 643 people
  9. ▽ Aichi prefecture has 487 people
  10. ▽ Kyoto Prefecture has 324 people
  11. ▽ Ishikawa Prefecture has 254 people
  12. ▽ Toyama Prefecture has 201 people
  13. ▽ 165 people in Ibaraki prefecture
  14. ▽ Hiroshima prefecture has 159 people
  15. ▽ Gifu Prefecture has 149 people
  16. ▽ Gunma prefecture has 146 people
  17. ▽ 142 people in Okinawa
  18. ▽ Fukui Prefecture has 122 people
  19. ▽ 95 people in Shiga
  20. ▽ 88 people in Miyagi prefecture
  21. ▽ 86 people in Nara
  22. ▽ 77 people in Niigata
  23. ▽ 74 people in Kochi prefecture
  24. ▽ 73 people in Fukushima prefecture
  25. ▽ 73 people in Shizuoka
  26. ▽ 68 people in Yamagata
  27. ▽ 66 people in Nagano
  28. ▽ Wakayama Prefecture has 62 people
  29. ▽ 60 people in Oita
  30. ▽ Tochigi prefecture has 54 people
  31. ▽ Yamanashi prefecture has 53 people
  32. ▽ 47 people in Ehime
  33. ▽ Kumamoto Prefecture has 47 people
  34. ▽ Mie prefecture has 45 people
  35. ▽ 41 people in Saga
  36. ▽ 32 people in Yamaguchi prefecture
  37. ▽ 28 people in Kagawa prefecture
  38. ▽ 26 people in Aomori
  39. ▽ 23 people in Shimane
  40. ▽ 23 people in Okayama
  41. ▽ Nagasaki Prefecture has 17 people
  42. ▽ 17 people in Miyazaki
  43. ▽ 16 people in Akita
  44. ▽ 10 people in Kagoshima
  45. ▽ Tokushima Prefecture has 5 people
  46. ▽ Tottori prefecture has 3 people

फेसबुकबाट तपाइको प्रतिक्रिया