राष्ट्रिय संगीतकर्मी संघको राहत अभियानद्वारा ३ हजारलाई सहयोग

काठमाडौं । अहिले चीनबाट शुरु भएको कोरोना भाइरसले विश्व आक्रन्त बनेको छ। यसबाट नेपाल पनि अछुतो रहन सकेन । नेपालमा भएको लामो लकडाउनको कारणले दैनिक ज्यालादारी काम गरेर जिबिकोपार्जन गर्ने हुदा खाने समुदाय अहिले जो मजदुर,दृस्टिबिहिन अपाङ्गता भएका ब्यक्तिहरु बिहान बेलुका छाक टार्न गारो परिसकेको छ ।

कलाकारहरुको छाता सङ्गठन राष्ट्रिय संगीतकर्मी संघले थोरै भएपनी कलाकारिता क्षेत्रमा आवद्ध ब्यक्तिहरु जस्तै गायक ,गायिका ,चलचित्रकर्मी ,प्राबिधिक ,सङ्गीतकार,गितकारका साथै दैनिक मजदुरी गर्ने चेपाङ् समुदाय,दृस्टिबिहिन अपाङ्गता भएका ब्यक्तिहरुका साथै अन्य समस्यामा परेका बृद्दा असहाय साथमा कागज पत्र नभएका हिडेर वडा कार्यलय सम्म पुग्न नसकेका ब्यक्तिहरुका लागि निरन्तर चार हप्ता भन्दा बढी समय राहत अभियानमा जुटेको छ।चर्चित गायक तथा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्रकुमार कार्की बिपत ब्यबस्थापन समितिका संयोजक तथा महासचिव बिक्रमजङ्ग शाह लगायत चर्चित गायक गायिका साथै सङ्घका पधादिकारी हरु क्रमशः अमृत खाती,उमा श्रेष्ठ,नमराज ढुंगाना,श्याम धिताल,सिर्जु अधिकारी,राजकुमार हुमागाई, होम सुवेदी ,मिलन श्रेष्ठ, सुमी श्रेष्ठ, लगायत सम्पुर्ण कार्यसमिती दैनिक ३ वटा समूह बनाएर राहत बितरणमा लागि परेको छ। अहिलेसम्म उपत्यकाको सुर्यबिनायक,ठिमी,लोकन्थली,काडाघारी मुलपानी,टोखा ,सरस्वती खेल, कौसलटार,कोटेश्वर,जडीबुटी ,इमाडोल,सिनामंगल, मित्र पार्क, चाबहिल ,जोरपाटी ,नयाबस्ती ,गोठाटार ,आरुबारी ,धुम्बाराही,सामाखुसी ,ग्रीन्ल्याण्ड,माछापोखरी ,सोर्हखुट्टे, कालीमाटी ,बल्खु ,कलन्की, ढुङ्गेअड्डा लगायतका विभिन्न स्थानमा पुगी करीब ३ हजारभन्दा बढी ब्यक्तिहरुको सहायोग पुराएको संघका उपाध्यक्ष अमृत खातीले जानकारी दिनुभयो ।

संघले आफनो पदाधिकारी र कलाकारहरूको साथमा लकडाउनबाट अति प्रभावितहरूको लागि पेट भर्नको लागि आफुलाई जोखिमबाट सुरक्षित बनाई हिडिरहेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया