काठमाडौं । कोरोना भाइरस संक्रमणले विश्वर मृत्यु हुनेको संख्या २ लाख ३९ हजार ५ सय ८३ नागेको छ पछिल्लो तथ्यांकअनुसार विश्वभर ३४ लाख ५ सय ९५ संक्रमित भएका छन् ।
संक्रमितमध्ये १० लाख ८० हजार बढी निको भएका छन् । कोरोनाले अमेरिकामा ६५ हजार ७ बढीको मृत्यु भएको छ भने इटालीमा हालसम्म २८ हजार २ सय बढीको मृत्यु भएको छ । त्यसैगरी स्पेनमा कोरोनाले हालसम्म २४ हजार ८ सय बढीले ज्यान गुमाएका छन् । बेलायतमा कोरोनाले २७ हजार ५सय बढीको मृत्यु भएको छ ।
नेपालको छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार २२३ पुगेको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार २५७ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया