जापान । आज शनिबार टोकियोमा एकैदिन १ सय ६० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । आज मे २ तारिख शनिबार टोकियो महानगरभित्र १६० जनासहित ४४७७ जनामा कोराना पोजेटिभ पुगेको छ भने आज १५ जनाको मृत्यु भएको जापानी समाचार संस्था एचएचकेले उल्लेख गरेको छ ।

हिजो टोकियोमा १६५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । आज मे १ तारिख शुक्रबार टोकियो महानगरभित्र १६५ जना पुष्टि भएको थियो । हिजो शनिबार विहानसम्म जापानमा १४,५३४ कोरोना भाइरस पोजेटिभ देखिएको छ भने चीनबाट चार्टर गरि ल्याइएकाहरु र योकोहामा पोर्टस्थित डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रु ७१२ सहितको संक्रमितहरुको संख्या १५,२४६ जना पुगेको उल्लेख छ । जापानमा आजसम्म कोरोनाको कारण ५ सय जना जति ज्यान गुमाई सकेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया