एनआरएनए ख्यङसाङ क्षेत्रिय दक्षिण कोरियाले पूर्णता पायो,अध्यक्षमा दाहाल

कोरिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) ख्यङसाङ क्षेत्रिय दक्षिण कोरियाले कार्यसमितिले पूर्णता पाएको छ ।  आइतबार क्षेत्रीय कार्यालय किम्हेमा एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सूबेदी प्रमुख आतिथ्यतामा उपाध्यक्ष संजीवकुमार राईको विशेष आतिथ्यता र,निवर्तमान ख्यङ्सान अध्यक्ष उमेश मेवाहाङ राई लगायतको उपस्थितिमा विशेष भेला सम्पन्न भएको हो । भेलाले सन्जिब राईको अध्यक्षतामा तिन सदस्य निर्वाचिन कमिटि गठन गरि भेला सम्पन्न गराएको छ । उक्त भेलाले सर्वसम्मत रूपमा भेषराज दाहाललाई अध्यक्ष चयन गर्दै अन्य सम्पुर्ण रिक्त रहेको पद पुर्ति गरेको छ । बिगत तिन महिना देखि तत्कालिन अध्यक्ष पुनः कोरिया प्रवेश नगर्ने गरि राजिनामा दिई स्वदेश फिर्ता भएपछि उक्त पद रिक्त रहन गएको थियो । उक्त रिक्त पदलाई पुर्णता दिनको लागि केन्द्रीय कमिटिको विशेष अनुरोधमा उक्त भेला राखिएको वर्तमान अध्यक्ष भेषराज दाहालले बताउनु भयो ।

उक्त कार्यक्रममा अध्यक्ष यज्ञराज सुवेदि,उपाध्यक्ष संजीव कुमार राई र उमेश मेवाहाङ राईले शुभकामना मन्तब्य राख्नु भएको थियो । यस कार्यक्रममा दक्षिण कोरियाका विभिन्न संघ संस्था,ब्यवसायि तथा अन्य महानुभावहरूलाई विश्व व्यापि कोभिड-१९ कोरोना भाइरसको आतंकका कारण समाजिक दुरि कायम गर्नु पर्ने भएकाले आमन्त्रण गर्न नपाएकोमा एनआरएनए क्षेत्रिय कार्यसमितिले क्षमायाचना सहित दुख व्यक्त गरेको छ ।निकट भविष्यमै कोरोना भाइरस निर्यन्त्रण भएपछि तुरून्तै सम्पूर्ण पक्षलाई निमन्त्रणा गरि छलफल तथा चियापान कार्यक्रम राखिने नव निर्वाचित अध्यक्ष भेषराज दाहालले बताउनु भयो ।

भेलाले कार्यसमिति ।

  1. अध्यक्ष : भेषराज दाहाल
  2. उपाध्यक्ष  : शुजता वस्नेत
  3. महिला उपाध्यक्ष      : शिला मास्के
  4. सचिव      : शिव प्रसाद भट्ट
  5. सह सचिव : दिपक रिमाल
  6. कोषाध्यक्ष : खिम काउचा मगर
  7. सदस्य       : हिमाल पाैडयाल
  8.      ”         : शुक राज तामाङ
  9.      ”         : सानु राज मगर
  10.      ”         : गाेकुल पाैडयाल
  11.      ”         : विष्णु थापा
  12.      ”         : किम युमि (याेगिता गाैतम)
  13.      ”         : विष्णु वन्जाडे

फेसबुकबाट तपाइको प्रतिक्रिया