जापान । आज मंगलबार राजधानी टोकियोमा ५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जापानी समाचार संस्था एनएचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । मंगलवार साँझसम्म टोकियो महानगर भित्र संक्रमितको संख्या ४ हजार ७ सय १२ पुगेको छ ।
हिजो सोमवार टोकियोमा ८७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । हालसम्म टोकियोमा १५० जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया