टोकियो । जापानको राजधानी टोकियोमा आज बुधबार ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टोकियोका विभिन्न स्थानहरुमा गरि आज ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जापानी समाचार संस्था एनएचकेले जनाएको छ । हिजो मंगलबार टोकियोमा ५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । आज साँझसम्म टोकियो महानगर भित्र संक्रमितको संख्या ४ हजार ७ सय ४८ पुगेको छ ।
टेकियोमा ४ दिनयता १०० जना कमलाई कोरोना भाइरस संक्रमण रिपोर्ट देखिएको छ । हालसम्म टोकियोमा १५० जनाभन्दा बढीको कोरोना संक्रमणबाट निधन भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया